२१ कार्तिक २०८३, शनिबार

अखिल क्रान्तिकारीले सिटीइभिटी पदाधिकारीको राजीनामा माग्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)ले सोमबार हुने लागेको प्रवेश परीक्षा स्थगित गरेकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गरेर रातारात षड्यन्त्रपूर्ण रुपमा प्राविधिक एसएससी तर्फको पूर्ण शुल्कीय प्रवेश परीक्षा स्थगित गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सिटीइभिटी समन्वय समिति संयोजक हर्कबहादुर बिकले विज्ञप्ति जारी गरेर पारदर्शी र व्यवस्थित रुपमा प्रवेश परीक्षा सञ्चाल गर्न हैसियत नराखेको भन्दै सिटीइभिटीको उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईको राजीनामा मागेका छन् । उनले विद्यार्थी तथा शैक्षिक संस्थाहरुलाई अनिर्णयको बन्दी बनाएको भन्दै संगठनले कारवाही गर्ने समेत चेतावनी दिएका छन् ।

त्यसैगरी संयोजक बिकले डिप्लोमा तहको वर्गिकृत छात्रवृत्तिअन्तर्गत धनगढी, जनकपुरलगायतका परीक्षा केन्द्रमा प्रश्नपत्र बाहिरिएको र त्यसको छानबिनले निष्कर्ष नआउँदै प्रवेश परीक्षा स्थथित गरेर घृणित कार्य गरेको बताएका छन् ।