१२ कार्तिक २०८३, बिहिबार

यी महिलाहरूले सौतालाई बनाइदिन्छन् सजिलो

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, २० साउन । दैलेखी महिलाहरू बहुविवाहको चपेटामा परेका छन् । यहाँका महिला कानूनले विवाह गर्न तोकेको उमेर २० वर्ष पुग्दा कम्तीमा १–२ बच्चा जन्माइसक्छन् ।

आर्थिक अभावमा पारिवारिक कलह सुरु हुन्छ । त्यसपछि अधिकांशले सम्वन्धबिच्छेद गर्छन् भने धेरै बहुविवाहको पीडा भोग्न बाध्य हुन्छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

प्रहरीका अनुसार एकैदिन बहुविवाह भएको ठाडो निवेदन ३–४ वटा परे पनि प्रहरीले पक्रेपछि पीडित महिलाले नै सम्बन्धविच्छेद गरेर कान्छी हुन आउनेलाई सजिलो बनाइदिने गरेका छन् । यसकारण बहुविवाहका मुद्दा मुस्किलले वर्षभरि ८–१० वटा मात्र चल्ने गरेका छन् ।

बहुविवाह जस्ता सरकारवादी मुद्दामा समेत राजनीतिक हस्तक्षेप र सामाजिक दबाब सिर्जना गरिने भएकाले आर्थिक प्रलोभनमा केही मुद्दा चल्न नसकेको अधिवक्ता गोपाल बिराजी बताउँछन् । यसले कानून कार्यान्वयनमा चुनौती थपेको उनको ठम्याइ छ ।