१२ कार्तिक २०८३, बिहिबार

चिकित्सकहरु एमडी गर्न दुर्गमतिर ! दुर्गममा पठाउन मन्त्रालयमै दबाब

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । सधैं सुगम मात्र रोज्ने डाक्टरहरु पछिल्लो समय दुर्गममा जान हानथाप गर्न थालेका छन् । नयाँ नीतिअनुसार सुगममा बस्नेलाई विशेषज्ञ चिकित्सक (एमडी) बन्ने बाटो बन्द हुने भएपछि डाक्टरहरु दुर्गम क्षेत्रमा केन्द्रित हुन थालेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार डाक्टर पढ्ने अधिकांश नेता र सचिवका छोराछोरी छन् । उनीहरुले आफूअनुकूल पोस्टिङ गर्न दबाब दिँदै आएका छन् ।

विगतमा सुमगमा खटाउन अनुरोध गर्दै आएका नेता तथा माथिल्लो निकायका कर्मचारीले अहिले आफू अनुकूल चिकित्सकलाई अति दुर्गम नभए दुर्गममा पठाउन मन्त्रालयमा दबाब दिन थालको मन्त्रालयले स्रोतले जनायो ।