१२ कार्तिक २०८३, बिहिबार

पूर्वएमाले र पूर्वमाओवादीबीच नेता बन्न झगडा !

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । कर्णाली प्रदेशमा नेकपाका शीर्ष नेताबीच मत नमिल्दा संसदीय दलको नेता चयन हुन सकेको छैन ।

पूर्वएमाले र पूर्वमाओवादीबीच पार्टी एकता भए पनि दलको नेता छनोटमा सहमति बन्न सकेको छैन । दलको नेता को हुने भन्ने विवाद प्रदेशस्तरमा नमिलेपछि केन्द्रमा लबिङ सुरु भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कँडेल दुई वर्षपछि मुख्यमन्त्री बन्ने योजनासहित अहिले संसदीय दलको नेता बन्न खोजिरहेका छन् । पहिला एमाले र माओवादी केन्दबीच सहमतिमा मुख्यमन्त्री चयन गर्ने वेलामा पनि नेता कँडेलले आलोपालोको कुरा निकालेका थिए ।

तर, त्यसमा औपचारिक सहमति नभएपछि मुख्यमन्त्रीमा शाहीलाई समर्थन गरेका थिए । कँडेल अहिले नेता जनार्दन शर्मालाई साथ लिएर भावी मुख्यमन्त्रीको प्रयासमा रहेको स्रोतले बतायो ।

पार्टी केन्द्रले सहमतिमा संसदीय दलको नेता टुंगो नलगाए निर्वाचनबाट नेता छान्न म्यान्डेट दिएको छ । यो अवस्था आए दलको नेताका लागि पूर्वमाओवादी र एमालेबाट आकांक्षी थपिन सक्ने तथा सांसदहरू छ्यासमिस हुन सक्ने सम्भावना छ ।

कर्णाली प्रदेशका नेकपाका सांसद धर्मराज रेग्मीले संसदीय दलको नेता कहिले चयन हुने अहिलेसम्म टुंगो नभएको बताए । ‘नेताहरू छलफलमा हुनुहुन्छ चाँडै टुंगो लाग्ला, थप केही पनि जानकारी छैन,’ रेग्मीले भने ।