२८ आश्विन २०८३, बुधबार

अब मुक्तिनाथको मुर्ति छुन नपाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Muktinath

मुस्ताङ। नेपालको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजनका लागि दुःखको खबर छ । अब भक्तालुहरुले मुक्तिनाथको मुर्ति छुन पाउने छैनन् ।

मन्दिरभित्र रहेको मुक्तिनाथको मूर्ति हाल छोएर पूजा गर्ने प्रचलन रहेपनि मूर्तिको आकृति बिग्रन थालेको भन्दै अबदेखि मूर्तिलाई नछोइ टाढैबाट पूजा गर्ने व्यवस्था गर्न लागिएको छ ।

धार्मिक एवम् सांस्कृतिक रूपमा महत्वपूर्ण स्थलका रूपमा रहेको मुस्ताङको मुक्तिनाथ क्षेत्रको समग्र विकासका लागि विस्तृत गुरुयोजना पनि तयार गर्न लागिएको छ ।

मुक्तिनाथ क्षेत्र विकास समिति र पुरातत्व विभागको संयुक्त सक्रियतामा १८ लाखको लागतमा गुरुयोजना तयार गर्न लागिएको हो ।

प्राप्त प्राचीन प्रमाणमध्ये स्कन्ध पुराणको हिमवत् खण्डमा उक्त स्थलमा ब्रह्मायणी कन्याको तपस्याबाट ज्वालामाई उत्पन्न भएको उल्लेख भएको पाइन्छ ।

विभिन्न प्रमाणबाट मुक्तिनाथ क्षेत्रको अस्तित्व १२औँ शताब्दीअघिदेखि नै रहेको पाइने गरेको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत दामोदर गौतमले जानकारी गराए ।

मुक्तिनाथ मन्दिर विक्रम संवत १८७३ मा जङ्गबहादुर राणाका पिताले तीनतले प्यागोडा शैलीको मन्दिर निर्माण गरेको पाइन्छ भने पश्चिमका खस राजाहरू, पाल्पाका सेन राजा, जुम्लाका राजाहरूले पनि मुक्तिनाथ क्षेत्रको संरक्षणमा विभिन्न समयमा योगदान पु¥याएको पाइन्छ ।