काठमाडौं । उपराष्ट्रपति परमानन्द झाले आगामी माघ ८ गते भित्र लोकतान्त्रिक संविधान आउनै पर्ने बताउनुभएको छ ।
फोकस नेपालले राजधानीमा आयोजना गरेको संविधान, समृद्धि र एकता राष्ट्रको अनिवार्य आवश्यकता विषय अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै दलहरुलाई मुलुकलाई भिषण अप्ठ्यारोबाट बचाउन संविधान लेखन कार्यमा दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो ।
देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन दलहरुले प्रतिबद्धता ब्यक्त गरे अनुसार माघ ८ गते नै संविधान आउनुको विकल्प नरहेको उहाँको भनाइ थियो ।














प्रतिक्रिया