काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विदेशमा बसेर नेपालको खिल्ली उडाउने नेपालीलाई नछाड्ने बताउनुभएको छ ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा उहाँले विदेशमा बसेर नेपालको बेइज्जत नगर्न आग्रह पनि गर्नुभयो । सबै नेपालीले नेपालीले नेपालको इज्जत राख्न सक्नुपर्ने उहाँको धारणा थियो ।
मन्त्री पण्डितले डीभी र पीआर लिएर बसेका कर्मचारीलाई पनि कारबाही गरेरै छाड्ने बताउनुभयो ।
जनताले आगामी माघ ८ गते भित्र नयाँ लोकतान्त्रिक संविधान पाउने दृढता ब्यक्त गर्दै उहाँले त्यसका लागि खवरदारी गर्न पनि आग्रह गर्नुभयो । स्विजरल्याण्डमा छलफल गरेर नेपालमा संविधान नआउने भन्दै उहाँले यहीँ बसेर छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।














प्रतिक्रिया