१२ कार्तिक २०८३, बिहिबार

अबको नयाँ प्रधानन्यायाधीश को ?

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी विवादित बनेकाले उनी प्रधानन्यायाधीश नबनेमा सो पदमा ओमप्रकाश मिश्र आउने सम्भावना बढी देखिएको छ ।

न्यायपरिषद्ले जोशीसहित मिश्र र चोलेन्द्र शमशेर जबरालाई संबैधानिक परिषदमा सिफारिस गरेको थियो । जबरा वरीयताको आधारमा तेस्रो नम्बरमा छन् ।

मिश्र २०७१ जेठ १३ देखि सर्वोच्चको न्यायाधीशमा नियुक्ति भएका थिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

मिश्रले प्रधानन्यायाधीश भए उमेर हदका कारण आगामी पुससम्म जिम्मेवारी सम्हाल्ने छन् ।

उनी तत्कालीन सुशील कोइरालाको नेतृत्वको सरकारका पालामा सर्वोच्चमा न्यायाधीश नियुक्ति भएका थिए ।

नेकपा जोशीलाई प्रधानन्यायाधीश बनाउन नहुने अडानमा छ भने प्रमुख प्रतिपक्षी दल कांग्रेसले अनुमोदन गर्नुपर्ने पक्षमा छ ।

स्रोतका अनुसार पहिले हुन्छ भनेर पछि सरकारको कार्यमा अवरोध गरेकाले उनले नेकपा र मन्त्रीहरूको विश्वास गुमाइ सकेका छन् ।