१२ कार्तिक २०८३, बिहिबार

सरकारको निर्णयले निजामती कर्मचारीलाई तनाव !

8.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । सरकारले यही साउन १५ गतेदेखि जटिलतालाई फुकाउँदै कर्मचारी समायोजन प्रक्रियाको अघि बढाउने तयार गरेको छ ।

संघीयता कार्यान्वयनमा कर्मचारी समायोजन प्रक्रिया सरकारका लागि अहिले पनि टाउको दुखाइको विषय बन्दै आएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

खटाइएको गाउँपालिकामा वा नगरपालिकामा कर्मचारी नजाने, गएका कर्मचारी केही दिन बसेर फेरि मन्त्रालयमा फर्किने, समायोजनमा जान चाहने कर्मचारी पनि काठमाडौं उपत्यकाका स्थानीय तहमा जान होडबाजी गर्नेजस्ता कारणले समायोजनमा जटिलता थपेको हो ।

कर्मचारी समयोजनको जटिलताले गर्दा अहिले पनि प्रदेश र स्थानीय तह चलायमान हुन नसकिरहेको स्थितिमा त्यसको समस्या क्रमशः हल गर्दै जाने तयारीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहकार्य गरिरहेको छ ।