काठमाडौं, १२ साउन । उमेश गिरी, नेता नेकपा
०५० को निर्वाचनमा काठमाडौंबाट किसुनजी उठ्ने भए । चुनाव जितेमा उनी प्रधानमन्त्री बन्ने पक्का थियो । यसैले गिरिजाबाबु उनलाई चुनाव लड्न दिन चाहँदैन थिए । उनले किसुनजीलाई चुनाव नलड्न आग्रह पनि गरे । तर, किसुनले मानेनन् ।
त्यसपछि गिरिजाले उनलाई जसरी पनि हराउने गोप्य योजना बनाए । मलाई काठमाडौं बोलाए । पावर दिए । म सक्रिय भएर किसुनजी हराउ अभियानमा खटिएँ । कतिलाई अपहरण गराएँ, कतिलाई कुटाएँ, धम्क्याएँ । किसुनजीलाई हराउन धेरै नेता लागिपरेका थिए । गिरिजाबाबुले दिएको पाँच करोड रुपैयाँ त मैले मात्र खर्च गरेको थिएँ ।
देशभरका कोइराला पक्षधर कार्यकर्ता काठमाडौं ओसारेर किसुनजीलाई हराउन आग्रह गरिएको थियो । घट्टेकुलोमा रहेको पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको घरमा मैले त्यो अभियानको हेडक्वार्टर बनाएको थिएँ । एमाले नेता भीम रावलकी श्रीमतीले मसँग कोर्डिनेट गर्थिन्, विद्या भण्डारीलाई जिताउनका लागि ।
अन्ततः किसुनजीलाई हराएर विद्या भण्डारीलाई जिताइयो । आइजिपी मोतीलाल बोहोराले मलाई भाग्न पनि भने । किनभने ममाथि आक्रमण हुने जोखिम थियो । गृहमन्त्री देउवाले पक्राउ गर्न निर्देशन दिएका थिए । तर, उनको आदेश प्रहरीले मान्दैनथ्यो । गिरिजाको पावरको अगाडि शेरबहादुर पनि निरीह थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।














प्रतिक्रिया