काठमाडौं, ९ साउन । डोल्पाका सांसद धनबहादुर बुढा भने राजीनामाबारे बोल्न चाहेनन् । ‘यसबार भेटेर कुरा गरौँला,’ उनले भने ।
०७४ को निर्वाचनमा बुढा ११ हजार ७६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १६७ मत पाएका थिए ।
प्रतिनिधिसभातर्फ डोल्पामा १५ हजार ८१२ मत खसेको थियो । लामो समय राप्रपाको राजनीति गरेका बुढा ०७० मा एमाले प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद् बनेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।














प्रतिक्रिया