१२ कार्तिक २०८३, बिहिबार

आन्दोलन चर्काउन गृहमन्त्री थापाको सुझाव

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले उत्पीडित समुदायले अझै पनि आन्दोलन जारी राख्नुपर्ने बताएका छन् ।

नेपाल मगर संघ २ नं. प्रदेश समितिले शनिबार लालबन्दीमा आयोजना गरेको मगर समुदायका मन्त्रीलाई सम्मान तथा अभिनन्दन सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गृहमन्त्री थापाले वर्षौदेखि उत्पीडित समुदायले पहिचान र प्रतिनिधित्वका लागि अझै पनि आन्दोलन जारी राख्नुपर्ने बताएका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।