१२ कार्तिक २०८३, बिहिबार

नेपाली सवारीसाधन भारत प्रवेशमा सहज

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेपाल–भारतबीच व्यक्तिगत सवारीसाधन आवतजावतमा रहेको असमानता हट्ने भएको छ ।

अब नेपालीका व्यक्तिगत सवारीसाधन पनि विनारोकतोक भारत आवतजावत गर्न पाउने भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यसअघि नेपालीका निजी सवारीसाधन भारत प्रवेश गर्न भारतीय दूतावासबाट अनुमति लिनुपर्ने र तोकिएको बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्यवस्था थियो ।

तर, भारतीय सवारीसाधन भने नेपाली भन्सार बिन्दुमा निश्चित शुल्क बुझाएर नेपाल प्रवेश गर्दै आएका थिए ।

दुई देशका अधिकारीबीच नयाँदिल्लीमा शुक्रबार भएको संयुक्त कार्यदलको बैठकले उक्त असमानता हटाउने निर्णय गरेको हो ।

‘नयाँ व्यवस्थाअनुसार नेपालीका व्यक्तिगत सवारीसाधन पनि भारतीय भन्सार बिन्दुमा तोकिएको शुल्क बुझाएर भारत प्रवेश गर्न सक्नेछन्’ नेपाली टोलीको नेतृत्वकर्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले भने ।