काठमाडौं, ३ साउन । असार २० गतेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आचार संहिता लागेको २०७४ भदौ १४ पछि भएका राजनीतिक नियुक्ति खारेज गरेसँगै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झा पदमुक्त भए ।
झाले आफ्नो पुनर्वाहालीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिए तर, त्यसको केही दिनपछि रहस्यमय रुपमा उनले मुद्दा फिर्ता लिए ।
प्राधिकरणमा रहँदा करोडौं घोटला गरेका झा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा खेपिरहेका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
झाले एनसेल, नेपाल टेलिकम र स्मार्ट सेलसँग मिलेर दूरसञ्चार सेवाको गुणस्तर बढाउन भन्दा पनि ती कम्पनीहरूको स्वार्थ अनुसार काम गर्दै आएका थिए ।
एनसेलको ६५ अर्व लाभकर उनले कहिल्यै पनि पहल गरेनन् भने रोयल्टी दस्तुर र फ्रिक्वेन्सी दस्तुर यथाशीघ्र उठाउन समेत उनले पहल गरेनन् । यति सम्मकी एनसेलविरुद्ध जति उजुरी परेपनि उजुरीका कपी उनले सतिशलाल आचार्यलाई दिने गरेका थिए ।
एनसेलले मोवाइलमा सापटीको नाममा गरेको करोबारलाई राष्ट्र बैंकले अवैध भन्दा समेत झाले त्यसलाई नरोकि एनसेलसँगै साँठगाँठ गरि अवैध रकम आर्जन गरेका थिए । झाविरुद्ध सम्पत्ति सुद्दीकरण विभागले अनुसन्धान गर्ने थाहा पाएपछि उनी आफै पदमुक्त भएका हुन् ।














प्रतिक्रिया