
काठमाडौं, २ साउन । संघअर्तगत जिल्लामा रहेका विषयगत सबै कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्न अलमल रहेको पाइएको छ ।
कर्मचारी समायोजनसंगै सम्पति हस्तान्तरणको व्यवस्था प्रक्रियागत रुपमा मिलाउनुपर्ने भएकाले कार्यालय हस्तान्तरणमा अलमल देखिएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १ गते मंगलबारबाट विषयगत सबै कार्यालय हस्तान्तरण हुने भनिए पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुने संकेत देखिएको छ ।
संघ, प्रदेश र स्थानीय तह मातहतमा रहने कार्यालयको वर्गीकरण यसअघि नै सकिए पनि कार्यान्वयनमा आएको थिएन ।
विषयगत मन्त्रालयले शिक्षा, स्वास्थ्य, कृषि, भेटनरी, वन, भू–संरक्षण जस्ता एक दर्जनभन्दा बढी आफ्ना कार्यालयसहित कर्मचारीहरू साउन १ गते सम्ममा स्थानीय तहमा हस्तान्तरण गरिसक्नुपर्ने थियो ।
सोही अनुरुप मन्त्रालयले साउन १ गते अर्थात् मंगबारदेखि लागू हुने गरी कार्यालय स्थानीय तहलाई हस्तान्तरण तथा खारेजीको जानकारी जिल्लाहरुमा परिपत्र गरेको हो ।
सम्बन्धित मन्त्रालयले आफू मातहतका कार्यालयहरू स्थानीय तहमा गाभ्ने प्रक्रिया शुरू भइसकेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।














प्रतिक्रिया