
नवलपुर, १ साउन । नवलपुरको भैसाखोरीमा भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ ।
गैडाकोट नगरपालिका–१० भैसाखोरी स्थित सशस्त्र प्रहरीको क्याम्प नजिकै पहिचान नभएको सवारी साधनले ठक्कर दिदा पैदल यात्री ४५ वर्षिय अमर बहादुर बिकको मृत्यु भएको हो ।
दुर्घटना बिहान बिहान करिब २ बजेतिर भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
शवलाई पोष्टमार्टमका लागि चितवनको भरतपुर अस्पतालमा राखिएको र ठक्कर दिने गाडिको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक दिवश जिसीले बताए ।












प्रतिक्रिया