१२ कार्तिक २०८३, बिहिबार

खुमलटारको नाम, कति थुप्रियो दाम ?

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । खुमलटारसँगको सम्बन्ध अहिले दाम थुपार्नका लागि धेरै माओवादीको फलिफाप बन्दै आएको छ । त्यहाँमाथि दुई तिहाई बहुमतको सरकार हाँकेको पार्टीका एउटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शक्तिको आडमा यसरी दाम थुपार्नेहरू कम छैनन् । यसरी यहि नाममा उधुमलिला मच्चाइरहने व्यक्ति हुन्, टासी शेर्पा ।

उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनदेखि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेतको सम्बन्ध देखाउँदै पर्यटन व्यावसायी शेर्पाले विभिन्न हत्कण्डा अपनाउँदै आएका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

एउटा चिनियाँ नागरिकको पैसा ठमेलको रेस्टुरेन्टदेखि कैलाश ब्रान्डका आरोहणका बस्त्रमा लगानी गरेका टासीले पर्यटन व्यावसायमा ठगी गरी कमाएको रकम कपनतिर कयौं रोपनी जग्गामा लगानी गरेको खुलासा भएको छ ।

सरकारले ट्रेकिङ व्यावसायीको ठगीका सम्बन्धमा गम्भिर अनुसन्धान थालिरहँदा शक्ति केन्द्रको आडमा रहेका टासीले पर्यटकलाई जानाजान बिरामी बनाएर ट्रेकिङ व्यवसायमा कमाउ धन्दा चलाएको बताइन्छ । हेली एभरेस्टमार्फत सस्तो शुल्कमा हिमाल पुराउने भन्दै पर्यटकलाई हिमाल पुगेपछि उपचारका नाममा विमा कम्पनीलगायतसँग लाखौं असुल्ने गरेको स्रोतले बतायो ।

पर्यटकलाई बिरामी बनाई हेलिकप्टरबाट उद्दार गर्ने र सो बापत बीमा दाबी गरी झूठा विवरण पेस गर्न उनको कम्पनी अगाडी देखिन्छ । ‘विज्ञापनमा अन्य भन्दा सस्तो र नाम चलेको बताइन्छ । तर हिमालतिर पुराएपछि पर्यटकलाई विरामी भनेर बीमा कम्पनीसँग सबैभन्दा बढी उसैको कम्पनीले लुट्छ’, स्रोतले भन्यो ।

शेर्पाले सेभेन समिटले राज्यलाई निक्कै कर तिर्न बाँकी भएपछि १४ पिक भन्ने कम्पनी खोलेका हुन् । टासी तत्कालिन नेकपा माओवादी केन्द्रसँग सम्बन्ध राख्ने ट्रेकिङ व्यावसायी हुन् । प्रचण्डसँग सम्बन्ध राख्नका लागि दिवंगत छोरा प्रकाश दाहालसँग उनको सम्बन्ध निकट थियो ।

प्रकाशसँग अमेरिकामा हिमाल चढ्ने क्रममा ज्यान गएका आरोही संजय पण्डितमार्फत चिनजान भएको थियो । संखुवासभाबाट प्रदेश सभा उम्मेदवार बन्नका लागि खुमलटार धाउने गरेका टासीले तत्कालिन एमालेसँग गठबन्धन भएका कारणले टिकट नपाएको बताइन्छ । टासीका ७ दाजुभाई मध्ये मिङ्माले राम्रो व्यापार गरेपछि ट्रेकिङ गाइडका रूपमा रहेका टासीले व्यावसाय सम्हाल्न थालेका थिए ।

शक्ति केन्द्रसँग सम्बन्ध राख्दै पर्यटन व्यावसायमा चाँडो आम्दानी हुने बाटो समातेका उनले रेडकार्पेट रेस्टुरेन्टमा पनि लगानीको तयारी गरेका छन् । उनले अनिल गुरुङलगायतसँग यस विषयमा छलफल चलाइसकेका छन् ।

उता, आफु सामान्य नागरिकमात्र भएको बताउँदै सम्पत्तिका नाममा एक कट्ठा जग्गा भन्दा केही नरहेको टासीले बताएका छन् । संखुवासभाको राजनीति गरेको बताए पनि आफु ट्रेकिङ गाइडमात्र भएको उनले दाबी गर्दै आएका छन् । उनले आफ्नो एउटा ट्रेकिङ व्यावसाय मात्र रहेको बताउँदै खाएका छन् ।