
काठमाडौँ, ३२ असार । विमानस्थलबाट तस्करी भएको सुनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । धनुषाका राम सुगारत यादब र पाल्देन लामालाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो ।
यादबसँग ९९.५ ग्रामको दुई वटा सुनको चुारा तथा लामासँग सय ग्रामको सुनका चुरा बरामद भएको प्रहरीले जनाएको छ ।
बैदेशिक रोजगारीमा जाने कामदारलाई प्रयोग गरी उनीहरुले सुन भित्राएका थिए । पक्राउ परेकामाथि भन्सार कार्यालयले कारबाही अघि बढाएको छ ।












प्रतिक्रिया