२१ कार्तिक २०८३, शनिबार

राप्रपा प्रदेश १ को समिति पूर्ण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौं, ३२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ को प्रदेश समिति पूर्ण भएको छ । राप्रपाको विधान बमोजिम अध्यक्ष कमल थापाले प्रदेश नं. १ का नवनियुक्त अध्यक्ष राम थापाको सिफारिस अनुसार उपाध्यक्ष सहित अन्य सदस्य पदमा नियुक्त गरेपछि समितिले पूर्णता पाएको हो ।

जस अनुसार प्रदेश नं. १ को उपाध्यक्षमा प्रह्लाद कुमार साह (मोरङ), लिलादेवी श्रेष्ठ (इलाम), तेज कुमार कुरुम्बाङ्ग (पाँचथर), सचिवमा बासुदेव भट्टराई (झापा), प्रवक्तामा केदार कोइराला (मोरङ), कोषाध्यक्षमा दयाराम भट्टराई (मोरङ), सहसचिवमा ललित बहादुर राई (खोटाङ) रहेका छन् ।

यस्तै सदस्यहरुमा नरेन्द्र कुमार पौडेल (ताप्लेजुङ)), रामकुमार राजवंशी (झापा), बालानन्द भुर्तेल (धनकुटा), निकहट वानो (सुनसरी), नवराज पोखरेल (उदयपुर) लाई अध्यक्ष थापाले मनोनयन गरेका छन् ।