२१ कार्तिक २०८३, शनिबार

डाक्टर केसीलाई मानव ढाल बनाएर उनको जीवनमाथि खेलबाड गरियो : नेता बडाल

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का स्थायी समिति सदस्य केशब बडालले जबसम्म माग पूरा हुँदैन तबसम्म उपचार गर्न नदिने र वार्तामा पनि नबस्ने भनेर समर्थकहरुले अनशनरत डाक्टर गोविन्द केसीलाई बाध्य बनाएर मानव ढाल बनाउने काम गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘डाक्टर केसीलाई मानव ढाल बनाउने काम भैरहेको छ, उपचार पनि गर्न नदिने र वार्तामा पनि नबस्ने भनेर साथीहरुले भन्नुभएको छ, यो गलत र अलोकतान्त्रिक हो, उहाँलाई मानव ढाल नबनाऔं ।’

बोल्दै उनले डाक्टर केसीको जीवनमाथि खेलबाड गर्ने काम नगर्नपनि आग्रह गरे । उनले भने, ‘यस्तो अत्याचार नगरौं, संसदले कुन विधेयक र कस्तो विधेयक पास गर्ने वा नगर्ने भन्ने अनशनलाई जिम्मा दिने कुरा नगरौं, संसदमा पर्याप्त छलफल हुन्छ, विद्येयकमा चित्त नबुझे विधेयकउपर छलफल हुन्छ, संशोधन हाल्न पनि सकिन्छ, संसदीय समितिहरुमा पनि पर्याप्त छलफल हुन्छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले अनशनरत डाक्टर गोविन्द केसीका मागहरु सरकारले शतप्रतिशत पूरा गर्नुपर्ने बताएका छन् । उनले भने, ‘डाक्टर केसीले उठाएका सबै मागहरु सरकारले पूरा नगरे सरकारलाइ जनताले कुनै हालतमापनि माफी दिँदैन्, हाम्रो पार्टीले अहिले संसदमा संघर्ष गरिरहेको छ, आवश्यक पर्यो भने हामी सडक संघर्षमा समेत उत्रिन्छौं ।’

बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले हिजो आएकोजस्तो अध्यादेश ऐन वा विद्येयकको रुपमा आएमात्रै डाक्टर गोविन्द केसीले अनशन तोड्ने नभए नतोड्ने स्पष्ट पारेका छन् । उनले भने, ‘हिजो आएको अध्यादेश अनुसार ऐन वा विद्येयकको रुपमा आयो भने डाक्टर केसीको आन्दोलन निश्कर्षमा पुग्छ ।’

डाक्टर गोविन्द केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठित टोलीका सदस्य डाक्टर अभिषेकप्रताप सिंहले अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक रहेको जनाए । उनले भने, ‘हरेक मिनेट उहाँको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ, डाक्टर केसीले त कम्युनिष्टहरुको मागलाई नै बोकेर हिँड्नुभएको छ ।’

उनले आज बेलुकासम्म सरकारसँग पहिलो चरणमा आफूहरुको वार्ता हुने संभावना समेत सुनाए ।