२१ कार्तिक २०८३, शनिबार

हतियार सहित दुई जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ३२ असार । बर्दियामा हतियारसहित दुई जना पक्राउ परेका छन् ।

बढैयाता गाउँपालिका–२, का खुमबहादुर थापा र खडक सुनारलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट बाह्रबोर बन्दुक १ थान र सोको गोली २ राउण्ड बरामद गरिएको छ । उनीहरुले भे.२ प २२८८ नम्बरको मोटरसाइकलमा हतियार बोकी हिँडेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–२ सितापुरबाट पक्राउ गरेको हो ।

यसैगरी सोही गाउँपालिका–१ बस्ने डम्मरबहादुर खड्काको घरबाट समेत एकनाल भरुवा बन्दुक आइतबार प्रहरीले बरामद गरेको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।