प्यूठान, ३२ असार । प्यूथान जिल्लाको गौमुखी गाउँपालिका ७ नारिकोटमा आइतबार साँझ जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बाग्दुलाबाट नारिकोटतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप दुर्घटना हुँदा गौमुखी ५ कि ५५ वर्षीया कन्यादेवी थापा मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक एवम् प्रहरी प्रवक्ता देवीप्रसाद पौडेलका अनुसार उनको नारिकोटस्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा परी गौमुखी ५ बस्ने २२ वर्षीया संझना थापा मगर र २ वर्षीया प्रियंका थापा मगर घाइते भएको प्रहरीले बताएको छ ।
अन्य ५ जना यात्रु सामान्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन । जिपमा ८ जना यात्रु सवार थिए । रोकिराखेको जिप एक्कासि ब्याक भएपछि दुर्घटना भएको थियो ।












प्रतिक्रिया