
काठमाडौं, ३१ असार । महानगरीय प्रहरी वृत्त बानेश्वर र सामुदायिक सेवा केन्द्र बानेश्वरको आयोजनामा ‘टोल टोलमा प्रहरी अभियान–२०७५’ सुरू भएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेले अभियानको उदघाटन गरे ।
बानेश्वरदेखि तीनकुनेसम्म प्रभातफेरी आयोजना गरी तिनकुनेमा भएको कार्यक्रममा नेउपानेले भयरहित र शान्तिपूर्ण समाज निर्माण गर्न अभियान सुरू गरिएको बताए ।
समुदाय र प्रहरीबीच बलियो साझेदारी बनाउँदै समुदाय र प्रहरीबीचको दुरी कम गर्ने अभियानको लक्ष्य रहेको उनले बताए ।
कार्यक्रममा प्रदेश नम्बर ३ क्षेत्र नम्बर १ ‘क’का प्रदेशसभा सदस्य गणेश दुलाल, प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ, प्रदेशसभा सदस्य राजीन गुरूङ, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरूको सहभागिता थियो ।












प्रतिक्रिया