१२ कार्तिक २०८३, बिहिबार

कांग्रेस नेता प्रशिक्षक बनेपछि कम्युनिस्ट आश्चर्यमा

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३१ असार । आफूहरूलाई प्रशिक्षण दिन कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरि उपस्थित भएपछि कम्युनिस्ट कार्यकर्ता आश्चर्यमा पर्ने गरेका छन् ।

तर, गिरिको प्रशिक्षण सुन्दै गएपछि सबै प्रभावित भएको नेकपा मसालका नेता समीर सिंहले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

माक्र्सवादी प्रशिक्षणमा कांग्रेस नेता पुग्दा सुरुमा अन्योल हुने गरेको नेकपाका केन्द्रीय सदस्य तथा प्रशिक्षण आयोजक राम कार्कीले बताए ।

तर, गिरिको प्रशिक्षण अवधिभर बसेपछि कम्युनिस्ट कार्यकर्ता ‘कन्भिन्स’ भएर जाने गरेको उनले सुनाए ।

नेता गिरिले माक्र्स नाममा जेजस्ता कार्यक्रम हुन्छन्, त्यहाँ उपस्थित हुन्छु भन्नुभयो । उहाँले आग्रह गरेपछि हामीले टार्न सकेनौँ । त्यसपछि गिरि सबैस्तरका माक्र्सवादी प्रशिक्षणमा सहभागी हुँदै आउनुभएको छ ।