१२ कार्तिक २०८३, बिहिबार

कहाँबाट वितरण हुन्छ नक्कली स्मार्ट लाइसेन्स ?

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३१ असार । नेपालीलाई स्मार्ट लाइसेन्स भारतीय कम्पनी मद्रास सेक्युरिटीले बनाउँदै आएको छ । यो कम्पनीले टेन्डर पाएको हो ।

बरामद नक्कली स्मार्ट लाइसेन्स पनि यही कम्पनीले बनाएर बिक्री गरेको यातायात व्यवस्था विभाग स्रोत बताउँछ । एउटै कोड नम्बरको लाइसेन्स नेपालस्थित मद्रास सेक्युरिटीबाहेक अरूले दिनै नसक्ने दाबी प्रहरी स्रोतको पनि छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

तर, महाशाखा प्रमुख एसएसपी पन्त अनुसन्धान भइहरेकाले सत्यतथ्य पत्ता लाग्ने बताउँछन् । ‘केही व्यक्तिमाथि निगरानी बढाइएको छ । उनीहरूले यस्ता लाइसेन्स मोटामोटी ५० हजार रुपैयाँमा बिक्री गर्ने गरेको खुलेको छ,’ पन्तले भने, ‘अनुसन्धान नै टुंगोमा नपुगी सबै तथ्य बाहिर ल्याउन उपयुक्त नहोला ।’

मद्रास सेक्युरिटीले स्मार्ट लाइसेन्स वितरणका लागि ऐलन न्यौपानेको नेतृत्वमा कर्मचारी टोली नियुक्त गरेको छ । उनीहरू यातायात व्यवस्था विभागअन्तर्गत कार्यालयमा रहेर काम गर्दै आएका छन् ।

विभागका एक उच्च अधिकृतले भने, ‘कसैलाई नभन्ने सर्तमा यस्ता लाइसेन्स मद्रास सेक्युरिटीकै कर्मचारीले वितरण गर्ने गरेको साँचो हो । लाइसेन्स लिने र दिनेबीच सहमति जुटेपछि यस्तो काम हुने गरेको देखिन्छ ।’