२१ कार्तिक २०८३, शनिबार

सामुदायिक वन महासंघको अध्यक्षमा ढुंगाना निर्वाचित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भरतपुर, ३० असार । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल चितवन शाखाको अध्यक्षमा भरतप्रसाद ढुंगाना निर्वाचित भएका छन् । महासंघको आज भरतपुरमा सम्पन्न पाचौँ अधिवेशनबाट ढुंगाना सहितको कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा पुस्तक गौतम, सचिवमा लक्ष्मी कार्की, कोषाध्यक्षमा कृष्णमाया गुरुङ चयन भएका छन । त्यसैगरी सदस्यहरुमा सिताराम बल, निरमाया मुक्तान, मीनु गुरुङ, मनिराज गुरुङ, अञ्जना बस्नेत र रामहरि पनेरु चयन भएका छन ।

महासंघका जिल्ला अध्यक्ष सुरवीर पोखरेलको अध्यक्षतमा भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी कार्कीले आर्थिक प्रतिवेदन र सचिव भरतप्रसाद ढुंगानाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश सदस्य कृष्ण प्रसाद बगाले, महासंघका पूर्व अध्यक्ष भिमार्जुन न्यौपाने, महासचिव विष्णु शर्मा, सचिवालय सदस्य केशव लामा लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।