१२ कार्तिक २०८३, बिहिबार

भदौदेखि मोहियानीहक पूर्ण रुपमा खारेज हुँदै

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । सरकारले जग्गामालाग्दै आएको मोहियानी हक पूर्णरूपमा हटाउने भएको छ ।

भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोपाल गिरीले जग्गामा रहेको दोहोरो स्वामित्व अन्त्य गर्न मोहियानी हक हटाउन लागेको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

‘मोहियानी हक लाग्ने जग्गाधनी र मोहीले आगामी भदौ ४ गतेसम्म भूमिसुधार कार्यालयमा निवेदन दिन समय दिएका छौँ’, गिरीले भने, ‘निवेदनका आधारमा हामीले जग्गाको एकल स्वामित्व कायम गर्ने व्यवस्था गर्छौँ ।’

नेपालमा २०२१ सालदेखि मोहियानी हक लाग्दै आएको छ । मन्त्रालयले २०७६ भदौ ४ गतेदेखि जग्गामा मोहियानी हक नलाग्ने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरेको हो ।

अर्काको जग्गामा नियमित रूपमा खेती गर्ने किसानले पाएको अधिकारलाई मोहियानी हक भनिन्छ ।