१२ कार्तिक २०८३, बिहिबार

जोशीको सुनुवाइ प्रक्रिया सुरु, उजुरीकर्तालाई बैठकमा नबोलाइने

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २९ असार । संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशका लागि सिफारिस दीपकराज जोशीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले कार्यविधि पारित गर्दै प्रक्रिया थालेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बसेको बैठकले जोशीविरुद्ध उजुरी दिन १० दिनको समय छुट्याएको छ । ‘प्रधानन्यायाधीश पदका लागि प्रस्तावित नाममाथि सुनुवाइ समितिले प्रक्रिया अघि बढाएको छ । सूचना प्रकाशन गर्न भनेका छौँ । १० दिनसम्म जोशीविरुद्ध उजुरी दिन सकिनेछ,’ ज्येष्ठ सदस्य कर्णले भने ।

यसअघि संसदीय सुनुवाइ समितिमा उजुरीकर्तालाई पनि समितिको बैठकमा उपस्थित गराइने व्यवस्था थियो । नियुक्तिका लागि प्रस्तावित व्यक्ति र उजुरीकर्तालाई पालैपालो सुनुवाइ समितिले प्रश्न गथ्र्यो । तर, अब उजुरीकर्तालाई बैठकमा उपस्थित नगराइने कार्यविधि बनाइएको छ ।

‘उजुरीकर्ताको नाम गोप्य राखिनेछ । उजुरीकर्ताले पर्याप्त प्रमाण नजुटाए उनैलाई प्रश्न गरिनेछ, थप प्रमाण जुटाए भने विज्ञहरूको टोलीले उजुरीमाथि छानबिन गर्नेछ,’ ज्येष्ठ सदस्य कर्णले भने । सुनुवाइका लागि उपस्थित हुने प्रस्तावित व्यक्तिलाई भने उनीविरुद्ध परेका उजुरी, लगाइएको अभियोगलगायतबारे प्रश्न सोधिनेछ ।