काठमाडौं, २७ असार । कांग्रेसले सातवटै प्रदेशमा सरकारका स्वेच्छाचारी कदमविरुद्ध चेतनामूलक कार्यक्रम गर्ने भएको छ ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सातवटै प्रदेशमा कार्यक्रम गर्न लागेको जानकारी दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘सरकारले आफूले चाहेका मान्छेलाई लाभ पु-याउने गरी विधेयक ल्याउने, आकाश छुने गरी मूल्यवृद्धि हुँदा पनि नियन्त्रण गर्न नसक्ने, राज्यका संरचनालाई आफूअनुकूल प्रयोग गर्ने रबैया देखाइरहेको छ,’ खाणले भने, ‘यो रबैया गलत छ भन्ने सन्देश दिन हामीले सातवटै प्रदेशमा कार्यक्रम गर्ने तयारी गरेका छौँ । कस्तो कार्यक्रम भन्ने अर्को बैठकबाट तय गर्छौं ।’
प्रदेशमा जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिको स्तरमा वा अझै ठूलो स्तरमा कार्यक्रम, प्रशिक्षणसहितका कस्ता कार्यक्रम गर्ने भन्ने टुंगो लागिनसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
सरकारका कदम गलत हुँदै जाँदा यिनीहरूलाई जनताको तहमा प्रस्ट पार्ने स्वरूपका कार्यक्रम ल्याउने जानकारी उनले दिए ।














प्रतिक्रिया