२१ कार्तिक २०८३, शनिबार

समिति बनाएरै छलफल गर्न बारलाई आयोगको आग्रह

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन विधेयकको लागि एक समिति गठन गरी छलफल गर्न नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसीलाई आग्रह गर्नुभएको छ ।

आयोगका अध्यक्ष शर्माले भन्नुभयो, “विधेयकमाथि दफाबार नै छलफल गरेर अन्तिम रुप दिन जरुरी छ, त्यसका लागि बारले एउटा समिति नै बनाएर दफा/दफामा छलफल गर्नुस् र आयोगलाई दिनुस् ।”

विधेयकमा कमिटीले छलफल गर्दा सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय कानून, कानूनको सर्वमान्य सिद्धान्तलाई ध्यानमा राखेर छलफल गर्न र संक्रमणकालीन न्यायका लागि आवश्यक कुरा थप्न आग्रह गर्नुभयो ।

बारका अध्यक्ष केसीले तीन/चार दिनभित्रै कमिटी बनाएर विधेयकमाथि छलफल गर्ने र छलफलबाट आएको सुझावलाई आयोगमा बुझाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । –रासस