२१ कार्तिक २०८३, शनिबार

राष्ट्रियसभाबाट तीन विधेयक पारित

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

(फाइल) तस्बिर: रत्न श्रेष्ठ/रासस

काठमाडौँ, २६ असार । राष्ट्रियसभा बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक पारित गरेको छ ।

राष्ट्रियसभाको मंगलबारको दोस्रो बैठकले “आर्थिक विधेयक, २०७५”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७५” र “ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक, २०७५” लाई बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले तीनै विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक आगामी साउन १ गते बिहान ११ बजे बस्नेछ । –रासस