२१ कार्तिक २०८३, शनिबार

मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन नभए राजसंस्था ब्युतन सक्छ : चित्रबहादुर केसी

15.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-निशानदाजु भट्टराई

घोराही, असार २५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई तिहाइको बलियो सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न नसकेर जनतामा निराशा थप्दै गएमा मुलुकमा राजसंस्था ब्युतने खतरा रहेको बताएका छन् ।

सोमबार दाङको घोराहीमा प्रगतिशिल पत्रकार संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले जनताले सुशासन र देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण खोजेको र जनताको त्यो भन्दा ठूलो आशा केही नरहेको बताए ।

उनले दुई तिहाइको बलियो सरकारबाट जनताको ठूलो आशा रहेको भएतापनि खासै केही प्रभावकारी कदम नदेखिएको बताउँदै यदि जनतामा सरकार भएको महसुस नभए मुलुकमा फेरी राजसंस्था ब्युतने वा अध्यारो सुरुङर्फ लैजाने खेल हुने जेतावनी दिए ।

‘जनताले सुशासन, भ्रष्टाचार नियन्त्रण होस् भन्ने चाहेका छन्, अरु ठूलो जनताको माग केही छैन, अझ त्यसमा पनि वलियो दुई तिहाइको सरकारले केही गर्न सकेन भने जनतामा ठूलो निराशा छाउँछ’, पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले भने, ‘यदि जनतामा यी सबै कुरा नहुने हो भने मुलुकमा राजसंस्था ब्युतने वा अध्यारो सुरुङतर्फ देश लैजाने खेल हुन सक्ने एकदमै खतरा छ ।’

जनताले शिक्षा र स्वास्थ्य राज्यले जिम्मा लियोस भन्ने चाहना ब्यक्त गरेको भएता पनि संविधानमा लेखिएको समाजवाद उन्मुख अनुसारको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट तथा नीति, कार्यक्रम केही नल्याएको आरोप लगाए ।