२१ कार्तिक २०८३, शनिबार

जनता आवास कार्यक्रम प्रदेशस्तरमा विस्तार

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले संघीयताको मर्मानुसार एकीकृत विकास कार्यक्रममार्फत जनता आवास कार्यक्रमलाई प्रदेशस्तरमा विस्तार गरिने बताउनुभएको छ ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यले उठाएको प्रश्नको सोमबार जवाफ दिने क्रममा उहाँले जनता आवास कार्यक्रमलाई स्थानीय तहमार्फत अगाडि बढाइने बताउँदै एकीकृत विकास कार्यक्रम अन्तर्गत १८५ वटा नगरपालिका विकास अगाडि बढाइएको तथा शहरको फोहोरमैला व्यवस्थापन तथा सडकको विकास तथा मर्मतलाई अगाडि बढाइने बताउनुभयो ।

सुरक्षित आवास विकास कार्यक्रमलाई अगाडि बढाइएको र दाङ जिल्लामा सभाकक्ष निर्माण, स्मार्ट सिटीजस्ता कार्यक्रमलाई प्रभावकारी बनाइएको उहाँले स्पष्ट गर्नुभयो । मन्त्री राईले कर्णाली क्षेत्र विशेष बजेटसहित कार्यक्रम अगाडि बढाइने बताउँदै हिमाली विकास कार्यक्रमअन्तर्गत मुगु, हुम्ला र डोल्पाको विकासमा जोड दिइएको जानकारी दिनुभयो । –रासस