२१ कार्तिक २०८३, शनिबार

नब्बे वर्षीया वृद्धा बलात्कार गर्नेलाई ११ वर्ष कैद

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, २५ असार । नब्बे वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका– ३ देउराली बस्ने २० वर्षीय शंकर परियार थुनामा परेका छन् ।

पर्वत जिल्ला अदालतका न्यायाधीश ध्रुबप्रसाद सापकोटाको इजलासले आइतबार उनलाई ११ वर्ष कैद र रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोख्रेलले बताउनुभयो । बेल्नसमेत नसक्ने पीडित वृद्धालाई आरोपीले ०७५ वैशाख ५ गते मदिरा सेवन गरेर बलात्कार गरेको उजुरी परेको थियो । –रासस