२१ कार्तिक २०८३, शनिबार

मदन पुरस्कारका लागि ८ पुस्तकको सूची सार्वजनिक

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ असार । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ वटा श्रेष्ठ पुस्तकको सूची सार्वजनिक गरेको छ ।

गुठीलाई प्राप्त भएका कूल २५३ पुस्तकबाट आठवटा पुस्तक छनोटमा परेका हुन् । छनोटमा परेका यी आठ पुस्तकमध्ये एउटाले मदन पुरस्कार–२०७४ प्राप्त गर्नेछ ।

अकारादि क्रममा मदन पुरस्कार गुठीबाट घोषणा गरिएका ‘श्रेष्ठ पुस्तक–२०७४’ को सूचीमा कैरन (ध्रुवसत्य परियार), नथिया (सरस्वती प्रतीक्षा), पाठशाला (तीर्थ गुरूङ) भुइयाँ (यज्ञश), यार (नयनराज पाण्डे) रहेका छन् ।

यस्तै, योगमाया (नीलम कार्की ‘निहारिका’), लिम्बुनी गाउँ (राज माङलाक) र हिमाली दर्शन (मोहन वैद्य ‘किरण’) रहेका छन् ।