
चितवन, २५ असार । चितवनको कालिका नगरपालिकाका किसानहरुलाई मौरीको घार वितरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत अनुदानमा ३७ जना किसानलाई १ सय ११ मौरीका घार वितरण गरिएको हो । त्यस्तैगरी किसानहरुलाई ९ वटा स्टीलको महदानी र २५ वटा मैनबक्स समेत वितरण गरिएको थियो ।
मिलीजुली मौरीपालन सहकारी संस्था लि. कालिका– १, लंकालाईनमा भएको कार्यक्रम मिलीजुली मौरीपालन पकेट समूहका अध्यक्ष नवीन प्रसाद आचार्यको अध्यक्षतामा भएको थियो ।
नगरपालिकाका उपमेयर कमला भट्टराई, वडा नं. ३ का वडा अध्यक्ष एवम् कृषि समितिका संयोजक टिकाराज रिजाल, कालिका नगरपालिका कृषि शाखा प्रमुख कमला न्यौपाने, समूहका सचिव रवि अधिकारी लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।












प्रतिक्रिया