२१ कार्तिक २०८३, शनिबार

बजेट कार्यान्वयन पारदर्शी हुनुपर्ने माग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


नवलपुर, २५ असार । स्थानीय तहले विकास निर्माणको लागि विनियोजित गरेको बजेटको कार्यान्वयन पारदर्शी तरिकाले हुनुपर्ने हुप्सेकोट गाउँपालिकाको सार्वजनिक सुनवाइमा बोल्ने वक्ताहरुले माग गरेका छन् । हुप्सेकोट गाउँपालिका वडा नम्बर १ को आयोजना, इसाइ समाज नवलपरासीको व्यवस्थापन तथा युएन एन को साझेदारीमा भएको सार्वजनिक सुनवाइमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

वडा अध्यक्ष चित्र बहादुर कानुङको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत छत्र बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनवाइमा आर्थिक वर्ष २०७४÷०७५ विनियोजित बजेट तथा सम्पन्न भएका योजनाहरुको विविरण प्रस्तुत गरिएको थियो । हुप्सेकोट गाउँपालिकाले वडा नम्बर १ को विकास निर्माणको लागि आर्थिक वर्ष २०७४/०७५ मा १ करोड ४९ लाख बजेट विनियोजन गरिएको थियो ।

जसमध्य हुप्सेकोट गाउँपालिका गुम्बाचोक देखि डाइभर टोल सम्म बाटोको लागि १९ लाखका, जुगेपानी काउले देखि त्रिवेनीटार कुलो सम्मको बाटोको लागि १९ लाख, मन्जुधारा खानेपानि मर्मत सम्भारको लागि ५ लाख, सूर्यज्योति माविको कम्पाउण्ड निर्माणको लागि ८ लाख, जनता मावि वेलुवाको कम्पाउण्ड निर्माणको लागि ८ लाख, बेलुवा र जुगेपानी विचको झोलुंगे पुल बाटो निर्माणको लागि ३ लाख लगायत विकास निर्माणको काम सम्पन्न भएको र अन्य केही जारी रहेको सार्वजनिक सुनवाइमा जानकारी गराइएको थियो ।

सार्वजनिक सुुनवाइमा सहभागी सर्वपक्षीय राजनैतिक दल तथा बुद्धिजीवी समाजसेविहरुले वडाले सार्वजनिक गरेको बजेट तथा विकास निर्माणको काम स्रहानिय रहेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले गाउँपालिकाले विनियोजन गरेको बजेट अत्यतै सही ढंगले कार्यान्वय भएकोप्रति खुशी व्यक्त गरे । यसरी हरेक स्थानीय तह अगाडी बढ्ने हो भने हुप्सेकोट नमुना गाउँपालिका बन्नेमा दुईमत नरहेको उनको विश्वास छ ।