२१ कार्तिक २०८३, शनिबार

ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २४ असार । सिरहाको धनगढीमाई नगरपालिका–७ मा आइतबार साँझ खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु भएको छ ।

खेत जोत्ने क्रममा स१त ३०८३ नंको ट्र्याक्टर पल्टेर किच्दा चालक धनगढीमाई नगरपालिका–७ निवासी १७ वर्षीय सञ्जय महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि लहानस्थित अस्पताल ल्याइएको र दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यसअघि गत शुक्रबार पनि सिरहाको बरियारपट्टि गाउँपालिका–२ स्थित जानकीनगरमा खेत जोत्ने क्रममा स.१त ३१९० नंको ट्र्याक्टर पल्टिएर किच्दा चालक स्थानीय ३४ वर्षीय उदय मण्डलको घटनास्थलमै मृत्यु भएको थियो । –रासस