२१ कार्तिक २०८३, शनिबार

भारतबाट भन्सार छलेर ल्याएको सामान एपीएफ टोलीद्वारा बरामद

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २३ असार । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार रोडबाट शनिबार प्रहरीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

से १ ज ९९५ नम्बरको जिपमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

बरामद लत्ताकपडा एपीएफ टोलीले गाडीसहितै आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ । बरामद लत्ताकपडा तथा गाडीको भन्सार दाखिला मूल्य करीव ९ लाख ५९ हजार रुपैयाँ रहेको छ ।