२१ कार्तिक २०८३, शनिबार

लागूऔषधसहित चार जना पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रभाग नागढुङ्गामा खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौं आँउदै गरेको बा २ ख ६२६८ नम्वरको बसमा सवार धादिङ गजुरी गाउँपालिका–८ बस्ने १८ वर्षीय आयुष तामाङलाई झोलामा लुकाई ल्याएको अवैध लागूऔषध चरेश १ केजी सहित शनिबार पक्राउ गरेको छ ।

त्यस्तै, बारा निजगढ नगरपालिका–१२ रामथली बस्ने ५६ वर्षीय सानुमाइला तितुङ, कलैया उपमहानगरपालिका–२ दोहोरी पकरी बस्ने ३८ वर्षीय श्रीराम महरा र सोही उपमहानगरपालिका–१६ झिट्कैया बस्ने ३० वर्षीय प्रभुराम महरालाई निजगढ नगरपालिका–१२ रामथलीबाट लागूऔषध गाँजा १२ किलो ५ सय ग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।