काठमाडौं, २३ असार । राजश्व सचिव शिशिरकुमार ढुंगानाले ‘सुन तस्करी काण्डमा तानिने भए यी हाइप्रोफाइल कर्मचारी’ शीर्षकको समाचारले आफ्नो पेसागत र सामाजिक मर्यादामा आपुरणीय क्षति भएको जनाएका छन् ।
सचिव ढुंगानाले दैनिक नेपाल डटकममा प्रकाशित समाचारलाई लिएर नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन् । उनले उजुरीमा समाचार खण्डनको माग गरेका छन् ।
उनले भनेका छन्, ‘सुन तस्तकरी काण्डमा तानिने भए यी हाइप्रोफाइल कर्मचारी भन्ने शीर्षकमा दैनिक नेपाल डटकम अनलाइनमा प्रकाशित समाचार अनावश्यक र अर्नगल प्रचार सामाग्रीले मेरो सामाजिक तथा पेशागत मर्यादामा अपुरणीय क्षति भएको छ ।’
‘भन्सार नियमावली, २०७४ मा भएको सुराकी पुरस्कार व्यवस्थामा गरिएको परिवर्तनमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयलाई तत्कालीन भन्सार विभागको महानिर्देशकको रुपमा मैले निर्णय गरेको भनी मेरो चरित्रहत्या गर्ने र गम्भीर प्रकृतिको अपराधका लागि सहयोग गरेको आशय प्रकट गरिएको समाचारप्रति खेद प्रकट गर्दछु’, खण्डनमा भनिएको छ ।
















प्रतिक्रिया