तत्कालीन एमालेको पार्टी कोष नाफामा छ भने माओवादी केन्द्रको पार्टी कोष घाटामा छ । साबिक एमालेको कोषमा अहिले ११ करोड र कार्यकर्ता संरक्षण कोषमा सवा करोड रहेको तत्कालीन लेखा आयोगका सचिव खेम पौडेलले बताए ।
उता, माओवादी केन्द्रको कोष भने घाटामा रहेको छ । ‘हाम्रो कोष घाटामा छ, सापट गरेर पार्टी चलाउँदै आएका थियौँ, तत्कालीन माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने, ‘तत्कालीन एमालेले जस्तो हाम्रोमा व्यवस्थित ढंगले लेबी नउठ्दा घाटामा पार्टी चलाउँदै आयौँ, अहिलेचाँहि २÷४ महिनायता सांसद भएका साथीहरूको केही लेबी कोषमा जम्मा भएको छ ।’














प्रतिक्रिया