१२ कार्तिक २०८३, बिहिबार

करोडौँको कोष बनाउँदै नेकपा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २३ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मासिक करोडौँ जम्मा हुने गरी पार्टी कोष सञ्चालन गर्ने तयारी गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भइसके पनि नवगठित पार्टीका नाममा कोष सञ्चालन भने भइसकेको छैन ।

महासचिव विष्णु पौडेलले नेकपाको नाममा छिट्टै पार्टी कोष सञ्चालन गर्ने तयारी भइरहेको बताए । ‘हामी छिट्टै नेकपाको नाममा पार्टी कोष सञ्चालन गर्दै छौँ, पौडेलले भने, ‘त्यसका लागि केही प्रक्रिया पूरा गर्न बाँकी छ ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

नेकपाले पार्टीका संगठित सदस्यहरूबाटै मासिक कम्तीमा ७ करोड रुपैयाँ लेबी उठाएर पार्टी चलाउने तयारी गरेको छ । तत्कालीन एमालेका ४ लाख र माओवादी केन्द्रका करिब ३ लाखसहित ६ महिनाभित्र करिब ७ लाख नेकपाका संगठित सदस्य हुनेछन् ।

पार्टीको प्रस्तावित विधानमा ६ महिनाभित्र नेकपाको नयाँ संगठित सदस्यता कायम गर्ने भनिएकाले दुवैतर्फका कार्यकर्ताहरूले सदस्यता नवीकरण गरिसक्नेछन् ।

विधानको धारा ६२ मा एक संगठित सदस्य बराबर १ सय रुपैयाँ मासिक लेबी उठाउने प्रस्ताव गरिएकाले करिब ७ करोड रुपैयाँ पार्टी कोषमा जम्मा हुने नेकपाले अनुमान गरेको छ । तर, लेबीको पैसा थोरै प्रतिशत तल्ला कमिटीहरूले राखेर केन्द्रीय कोषमा जम्मा गर्नेछन् ।