काठमाडाैं, २३ असार । नेपालमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण र त्यसका लागि आवश्यक तालिम नेपाल सरकारअन्तर्गतको यातायात व्यवस्था विभागले दिन्छ ।
कानुनअनुसार लाइसेन्सविना सवारीसाधन चलाउन पाइँदैन । त्यसैले प्रत्येक चालकसँग विभागले वितरण गरेकै लाइसेन्स छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।
तथ्यांकले झन्डै ७४ प्रतिशत दुर्घटना चालकको लापरबाहीले भएको देखाउँछ । यसको अर्थ लाइसेन्सवाहक र उसको हातमा लाइसेन्स थमाइदिने सरकारी निकाय ‘फेल’ हुनु हो ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी सैलेश थापा स्विकार्छन्, ‘अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको देखिन्छ । यसको अर्थ उनीहरूलाई सवारीसाधन चलाउन अनुमति दिने निकायमै केही समस्या छ ।
अर्को कोणबाट हेर्दा लाइसेन्सप्राप्त चालक असफल हुनु भनेको उनीहरूलाई लाइसेन्स दिने निकाय पनि फेल हुनु हो । अब यो प्रणालीमा सुधार हुनुपर्छ । यसो नगरिए यस्ता दुर्घटना हुन्छन् । मर्नेको दर बढेकाे बढ्यै हुन्छ ।’
सवारीसाधन दुर्घटना हुनुमा सडकको पनि उत्तिकै भूमिका हुन्छ । विशेषगरी हाइवे र सहरमा हुने दुर्घटनामा केही हिस्सा दोष सडकको पनि छ । यसको अर्थ सडकसम्बन्धी हामीले अपनाउँदै आएको इन्जिनियरिङ पनि फेल हुनु हो ।
एसएसपी थापाले भने, ‘दुर्घटना सडकका कारण पनि हुने गरेका छन् । यो भनेको सडकसम्बन्धी हामीले अपनाउँदै आएको इन्जिनियरिङ फेल हुनु हो । यसमा पनि अब रिभ्यु आवश्यक छ ।’














प्रतिक्रिया