२१ कार्तिक २०८३, शनिबार

देउखुरीको जंगलमा भेटियो शव, अनुसन्धान गर्दै प्रहरी

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

मसुरिया, २३ असार । दाङ जिल्लाको राप्ती गाउँपालिकाको मौरीघाट निवासी महेन्द्रप्रसाद चौधरीको शव फेला परेको छ ।

वडा नम्बर ४ मौरीघाट निवासी ४४ वर्षीय चौधरीको शव कालिका सामुदायिक वन क्षेत्रमा फेला परेको ईलाका प्रहरी कार्यालय भालुवांगले जानकारी दिएको छ ।

असार १० देखि घर बाहिर रहेका चौधरीको शव राप्ती गाउँपालिका वडा नम्बर २ को कालिका सामुदायिक वन क्षेत्रमा फेला परेको हो।

स्थानीयहरू वनमा घाँस दाउरा गर्न गएको समयमा मृत व्यक्ति देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाबारे थव अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।