
-मिना बुढाथोकी
सल्यान, २२ असार । यहाँका विभिन्न स्थानमा ईकाई स्वास्थ्यचौकी सञ्चालनमा आएपछि समयमै उपचार नपाई बाटैमा केही हुने हो कि भन्ने डरबाट स्थानीयलाई मुक्ति मिलेको छ । गत पुषदेखि शारदा नगरपालिकाको पेदीखोलामा ईकाई स्वास्थ्यचौकी संचालनपछि स्थानीयलाई राहत महसुस भएको हो ।
स्थानीय ६५ बर्षिया वृद्धा मेघु बुढाथोकीका अनुसार ज्वरो आएमा सिटामोल लिन सकि नसकी ढाई घन्टा हिडेर हिवल्चामा रहेको स्वास्थ्यचौकी जानु पथ्र्यो । कहिलेकाही स्वास्थ्यकर्मी नहु“दा त झन उनी श्रीनगरबजारमा रहेका मेडिकलसम्म पुग्ने गरेको बताउँछिन् । नगरपालिकाले पेदीमा नगर ईकाई स्वास्थ्य चौकी सञ्चालन गरेपछि अहिले आएर उनलाई बिरामी पर्दा लामो समय हिड्न नपर्ने भएको छ ।
अर्की ४६ बर्षिया हिरी बुढाथोकीको पनि समस्या उस्तै थियो । कतिपटक आफू जान नसक्ने भएपछि आफन्तलाई पठाएर मेडिकलबाट सिटामोल लिन लगाएको बताउँछिन् । ज्वरोका कारण राम्रै थलिएपछि गत बर्ष आफन्तले स्टेचरमा बोकाएर उनलाई उपचारको लागि श्रीनगर पु¥याएका थिए । अहिले गाउ“मै ईलाका स्वास्थ्य कार्यालय भएपछि उनलाई उपचारको लागि कतैपनि जान परेको छैन ।
स्वास्थ्यचौकी धेरै टाढा भएकाले बिरामीलाई उपचारका लागि लैजान धेरै सास्ती हुने गथ्र्यो । गाउ“मै ईकाई स्वास्थ्य चौकी भएपछि धेरै राहत भएको स्थानीय आईती बुढाले बताईन । ‘बालबालिका बिरामी भए धेरै समस्या हुने गथ्र्यो । समयमै उपचार पाउदैनथे, मर्लान भन्ने डर लाग्थ्यो, अहिले धेरै सजिलो भएको छ, ज्वरो, रुघाखोकी, झाडापखालालगायत अन्यका समस्या भएकालाई बाहिर लग्नु परेको छैन’ उनले भनिन ।
ईकाई स्वास्थ्य चौकी स्थापना भएपछि बालबालिकालाई खोप लगाउन, गर्भवतीलाई जा“च गराउन अप्ठेरो नपरेको स्थानीय बिरबहादुर रावतले बताए । स्वास्थ्यचौकी टाढा भएकाले बिगतमा धेरै बालबालिका खोपबाट बन्चित हुनु परेको उनले जानकारी गराए । उनका अनुसार अहिले धेरै किसिमको समस्या भएका ईकाई स्वास्थ्यचौकी आउने गर्छन । यसले उपचारको लागि धेरै खर्च पनि गर्नु परेको छैन ।
ईकाई स्वास्थ्यचौकीमा ज्वरो, रुघाखोकी, टाईफाईड, झाडापखाला, लगायत अन्य रोगको उपचार हुने र औषधी निःशुल्क पाउने भएपनि गर्भवती महिलालाई चेकजा“च गर्न र सुत्केरी गराउन समस्या भएको कार्यालय सहयोगी देवीकुमारी रामजाले बताईन । ‘अहेब पुरुष भएकाले महिलाले चेकजा“च गराउन अप्ठेरो मान्छन । कतिपय अर्कोदिन आउने भन्दै फर्कन्छन । कतिले मलाई बोलाएर कसैले नसुन्ने गरी कुराकानी गर्छन’ उनले भनिन ‘ईकाई स्वास्थ्य चौकीमा एक महिला स्वास्थ्यकर्मी आवश्यक छ । महिला स्वास्थ्यकर्मी नभएकाले बिरामी भएका महिलाहरु खुलेर उपचार गराउन लजाउने गर्छन ।’
अहेब सुकलाल रोकाले ईकाई स्वास्थ्य चौकी सञ्चालन गरेपछि महिनामा १ सय ५० भन्दा बढि बिरामी उपचारका लागि आउने गरेको बताए । उनले ईकाई स्वास्थ्यचौकीमा उपचार गराउन आएकालाई विभिन्न रोगर सरसफाईका बारेमा जानकारी गराउँदै आएको जनाए । ईकाई स्वास्थ्य चौकीले स्थानीयलाई धेरै राहत मिलेको उनको भनाई छ । यता नगरपालिकाले स्थानीयले सहजरुपमा स्वास्थ्यसेवा पाउन् र कोहीपनि यस सेवाबाट बन्चित नहुन् भनि नगरभित्रका पाँच स्थानमा यस्तै ईकाई स्वास्थ्यचौकी सञ्चालन गरेको नगरपालिका प्रमुख सुरेश अधिकारीले जानकारी दिए ।












प्रतिक्रिया