काठमाडाैं, २२ असार । बैठकमा अध्यक्ष ओलीले चीन भ्रमण उपलब्धिमूलक भएको भन्दै दुवै छिमेकी मुलुकसँग सम्बन्ध सुधार भएको ‘ब्रिफिङ’ गरेका थिए ।
दुई देशसँगको सम्बन्ध विस्तारपछि भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्न तथा विकासलाई तीव्रता दिन सरकारले आवश्यक तयारी गरिरहेको बताएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।
तर, सरकारले राम्रो काम गरिरहँदा पनि प्रमुख विपक्षी कांग्रेस गोविन्द केसी प्रकरण र अन्य विषयलाई मुद्दा बनाएर हमलामा उत्रिएको भन्दै उनले कडा प्रतिवादमा उत्रिन निर्देशन दिएका थिए ।
‘सरकारले अहिलेसम्म जति काम गरेको छ, राम्रै गरेको छ, अझ प्रभावकारी उपस्थितिका साथ विकासलाई अघि बढाउने तयारीमा छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तर, सरकारले राम्रो काम गर्दागर्दै पनि चाहे गोविन्द केसी प्रकरणमा होस् या अरू विषयमा विपक्षीबाट आलोचना हुँदा पनि हामीले प्रतिवाद गर्न सकेनौँ, अब सबैले सरकारमाथिको हमलाको कडा प्रतिवाद गरौँ ।’














प्रतिक्रिया