१२ कार्तिक २०८३, बिहिबार

१६ दिनमा १३ अर्बका तीन विमान भित्रिए

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २२ असार । असारको पहिलो साता (४ देखि १९ गते) यता मंगलबारसम्म नेपालमा तीनवटा ठूला एयरलाइन्सले १३ अर्ब रुपैयाँ हाराहारीका तीनवटा विमान थपेका छन् ।

नेपाल सरकारलाई बुझाएको भन्सार महसुलसहित यी विमानको लागत कम्तीमा १४ अर्ब पुग्छ । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

असार ४ गते निजी क्षेत्रको श्री एयरलाइन्सले करिब ८९ करोड रुपैयाँ हाराहारीमा क्यानडाली सीआरजे ल्याएको थियो भने १४ गते सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले ११ अर्ब ८४ करोड हाराहारीमा एयरबसको ब्रान्ड न्यु ए३३० वाइड बडी विमान ल्याएको थियो ।

त्यसैगरी मंगलबार निजी क्षेत्रको सबैभन्दा ठूलो हवाई सेवा कम्पनी बुद्ध एयरले करिब १ अर्ब ७ करोड रुपैयाँमा ७२ सिट क्षमताको टर्बोप्रोप इन्जिनयुक्त एटीआर ७२–५०० विमान थपेको छ ।