काठमाडौँ, २१ असार । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले युवालाई आश्वासन नभएर सरकारले सिप र पैसा दिनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा जिल्ला यूवा समिति काठमाडौँले आयोजना गरेका अन्तर्क्रियामा बोल्दै उपाध्यक्ष ढुङ्गेलले यस्तो बताएका छन् । उनले भने, ‘हाम्रो संस्था थोरै पैसामा धेरै प्रगति विवरण देखाउने संस्था हो । हाम्रो संस्थाले युवाको हकमा काम गर्दै आईरहेको छ, विदेशमा बसेर सिप र पैसा दुवै ल्याएर स्वदेश फर्केका यूवाहरुलाई सम्मान गर्ने कार्यक्रमको आयोजना पनि गरेका छौँ, यही असार २६ गते राजधानीको सभागृहमा राष्ट्रिपतिद्वारा सम्मान गर्नेछौँ ।’
१६ देखि २४ वर्षका युवा–युवतीलाई सम्पूर्णमा रुपमा योग्य बनाउनको लागि आफूहरुको प्रयत्न रहने बताउँदै उनले भने, ‘२४ भन्दामाथि ४० वर्षसम्मका युवालाई सम्पूर्ण रुपमा देशको विकास र समृद्धिमा लाग्न प्रयत्न गर्ने हो, नेपाल सरकारले एकद्वार प्रणालीअनुरूप युवाका अधिकारहरुलाई हरेक वडापालिकासम्म लैजानुपर्छ ।’
जिल्ला युवा समिति काठमाडौँका अध्यक्ष निरेशलाल सिंहको अध्यक्षतामा आयोजित अन्तर्क्रियामा बोल्दै उनले भने, ‘हरेक दिन ३ जनाभन्दा बढि युवाको लास स्वदेशमा आउने गर्छ । खाडीमा ५० डिग्रीको घाममा काम गर्नुपर्ने, उट चराउनुपर्ने, भवन निर्माण गर्नुपर्ने बाध्यता छ, त्यो हटाउनको लागि हामीले प्रस्ट खाका सरकारलाई बुझाएका छौँ, प्रत्येक शिक्षण संस्था, एक उद्यम, एक वडा एक उद्यमको योजना अघि सारेका छौँ, युवालाई सरकारले आश्वासन दिने काम गरेको छ, यस्तो आश्वासन भन्दापनि सिप र पैसा दिएको खण्डमा मुलुक समृद्ध बन्न समय लाग्ने छैन ।’












प्रतिक्रिया