२१ कार्तिक २०८३, शनिबार

बिहीबार र शुक्रबार मध्यम वर्षा हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० असार । असार २१ गते मुलुकको पूर्वी र मध्य क्षेत्रमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

बाँकी भूभागमा आंशिक बदली हुने र अपराह्नपछि बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, असार २२ गते देशैभरी मौसम बदली भई पूर्वी तथा मध्य भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । पश्चिमका केही स्थानमा भने हल्का वर्षा हुने अनुमान गरिएको छ । -रासस